पचालझरना, कालिकोट – बैशाख ५, २०८२
पचालझरना गाउँपालिकाको पडेक्षामा सञ्चालन भइरहेको १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिनसम्म आइपुग्दा विभिन्न १३ इभेन्टहरू सम्पन्न भइसकेका छन्। हालसम्मको नतिजा अनुसार तिलागुफा नगरपालिकाले उत्कृष्ठ प्रदर्शन गर्दै पदक तालिकामा अग्रस्थान कायम राखेको छ।
हालसम्मको पदक स्थिति निम्नानुसार रहेको छ:
१. तिलागुफा नगरपालिका – ६ स्वर्ण, ५ रजत, ४ कास्य (प्रथम स्थान)
२. नरहरिनाथ गाउँपालिका – २ स्वर्ण, २ रजत, २ कास्य (दोस्रो स्थान)
३. पचालझरना गाउँपालिका – १ स्वर्ण, ३ रजत, २ कास्य
४. खाडाचक्र नगरपालिका – १ स्वर्ण, २ रजत, २ कास्य
५. रास्कोट नगरपालिका – १ स्वर्ण, १ रजत, २ कास्य
६. पलाता गाउँपालिका – १ स्वर्ण, १ रजत
७. महाबै गाउँपालिका – १ स्वर्ण
८. सान्नी त्रिवेणी गाउँपालिका – १ रजत
प्रतियोगितामा जिल्लाका विभिन्न पालिकाहरूका प्रतिनिधिहरूले उत्साहपूर्वक सहभागिता जनाएका छन्। आयोजक पचालझरना गाउँपालिकाले प्रतियोगिता सफल बनाउन व्यापक तयारी गरेको छ।
प्रतियोगिताको तेस्रो दिनका खेलहरू भोलि बिहान ८ बजेबाट सुरु हुने कार्यक्रम रहेको छ।









प्रतिक्रिया दिनुहोस्