२०८२ बैशाख २३, मङ्गलवार
पलाँता, कालिकोट
पलाँता गाउँपालिका – राँफाडाँडादेखि वडा नं. ३ सम्मको स्तरोन्नत गरिएको सडकको औपचारिक सिल्यान्यस (उद्घाटन) कार्यक्रम मंगलबार सम्पन्न भएको छ। शहरी विकास मन्त्रालयको लगानीमा सम्पन्न उक्त सडक स्तरोन्नति कार्य विशेष समारोहका बीच सम्पन्न गरिएको हो।
उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा पलाँता वडा नं. १ का वडाध्यक्ष मानरुप न्यौपाने, वडा सचिव बालऋषि न्यौपाने, सडक स्तरोन्नति परियोजनाका ठेकेदार सुरेन्द्र खाँण, गाउँपालिका कार्यपालिकाका सदस्य मनजन सार्की, नेकपा एकीकृत समाजवादीका जिल्ला समिति सदस्य हरिदत्त न्यौपाने, समाजवादी पार्टी गाउँ कमिटी सचिव रविन्द्र महतारा, नेकपा माओवादी केन्द्र वडा नं. १ का अध्यक्ष मोति कार्की, नेकपा एमालेका नेता छत्र कार्की लगायत स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीयस्तरमा समृद्धिको ढोका खोल्ने अपेक्षासहित सञ्चालनमा ल्याइएको यस सडक स्तरोन्नति कार्यले यातायातको सहजता, आर्थिक गतिविधि तथा सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस्