रास्कोट, कालीकोट
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा पहिलो पटक पुगेपछि सहर उत्सवमय बनेको छ।
नगरको मुख्य सडकदेखि कार्यक्रमस्थलसम्म नेता नेपाललाई स्वागत गर्न फूलमालाले सजिएका हातहरू, अबिरले रंगिएका अनुहारहरू र जोशपूर्ण नाराहरू गुञ्जिरहेका थिए। पार्टीका स्थानीय नेता, जनप्रतिनिधि, कार्यकर्ता र सर्वसाधारणको बाक्लो उपस्थिति नगरको हरेक कुनामा उत्साह भरिरहेको देखिन्थ्यो।
अध्यक्ष नेपाल नेकपा (एकीकृत समाजवादी) कालीकोटको १०औं जिल्ला अधिवेशनको उद्घाटन समारोहका लागि रास्कोट आएका हुन्। केही समयमै उहाँले जनसमुदायको उपस्थितिमा अधिवेशनको औपचारिक उद्घाटन गर्दै सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
पार्टीका अनुसार अधिवेशनको बन्दसत्र भने भोलि अर्थात चैत ३१ गते सम्पन्न गरिनेछ, जहाँ संगठनात्मक र राजनीतिक निर्णयहरू लिने तयारी गरिएको छ।









प्रतिक्रिया दिनुहोस्