चैत्र १६ – रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला मा शनिबार सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०२५ को फाइनल खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै चौथो पटक उपाधि जितेको छ।
आर्मीले दिएको लक्ष्य सजिलै पूरा
टस जितेर फिल्डिङ रोजेको पुलिस क्लबले आर्मीलाई १५४ रनमै समेट्यो। आर्मीका लागि बसिर अहमदले सर्वाधिक ८६ रन बनाए, तर अन्य खेलाडी ठूलो योगफल बनाउन असफल रहे। पुलिसका बलर करण केसीले ३ विकेट लिए भने सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान २-२ विकेट लिए।
१५५ रनको लक्ष्य पछ्याएको पुलिस क्लबले २५.२ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। कुशल भुर्तेलले ७० बलमा ६१ रन (७ चौका, ३ छक्का) प्रहार गर्दै टिमलाई जिततर्फ डोर्याए। अमित श्रेष्ठले ३९ रन, दिलिप नाथले अविजित ३१ रन बनाए।
चौथो पटक च्याम्पियन
यो जितसँगै नेपाल पुलिस क्लबले चौथो पटक प्रधानमन्त्री कपको उपाधि जितेको छ। गत वर्ष पनि पुलिसले आर्मीलाई नै पराजित गर्दै उपाधि जितेको थियो। सन् २०१७ मा पहिलो संस्करणको फाइनल टाई भएपछि दुवै टोली संयुक्त विजेता भएका थिए।
पुलिसको उपाधि यात्रा:
सन् २०१७: आर्मी क्लबसँग संयुक्त विजेता
सन् २०१९: पहिलो एकल उपाधि
सन् २०२४: आर्मीलाई हराउँदै विजेता
सन् २०२५: पुनः आर्मीलाई पराजित गर्दै च्याम्पियन









प्रतिक्रिया दिनुहोस्