कालिकोट, –कालिकोट जिल्लाको १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता पचालझरना गाउँपालिकाले तयारी थालेको छ ।
जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित यो प्रतिष्ठित प्रतियोगिता पचालझरना गाउँपालिकामा सम्पन्न गर्नका लागि आवश्यक तयारीका लागि गाउँपालिकाको २०८१ फागुन १० गते सम्पन्न बैठकको निर्णयअनुसार, प्रतियोगिता यही चैत २७ देखि २९ गतेसम्म आयोजना गर्न जिल्ला खेलकुद बिकास समिति कालिकोटलाई आवस्यक सल्लाह सुझाव र समन्वयका लागी गाउँपालिका प्रमुख प्रशासकीय कलम बहादुर बमले पत्राचार गरेका छन् ।
विद्यालय तहका विद्यार्थीहरूलाई खेलकुदमा संलग्न गराउँदै उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्रवर्द्धन गर्न राष्ट्रपतिद्वारा प्रवर्तित ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता महत्वपूर्ण मानिन्छ। यस प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न मद्दत गर्ने विश्वास गरिएको छ।
पचालझरना गाउँपालिकाले प्रतियोगितालाई सफल बनाउन सबै सरोकारवालाहरूलाई आवश्यक सहयोग तथा सहकार्य गर्न अनुरोध गरेको छ।









प्रतिक्रिया दिनुहोस्