सुर्खेत: प्रधानमन्त्री कप (पी.एम. कप) एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेश स्तरीय छनोटअन्तर्गत तेस्रो दिन कालिकोट र रुकुमबीच रोमाञ्चक भिडन्त भइरहेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको कालिकोटले मध्यम लक्ष्य प्रस्तुत गर्दै १३० रनको स्कोर खडा गरेको छ।
खराब सुरुवात गरेका कालिकोटका ब्याटरहरू ८ ओभरभित्र २० रनमै ३ विकेट गुमाइसकेका थिए। तर, अभिषेक बमको शानदार अविजित ५४ रन र आर्यन रावलको १९ रन को योगदानले टिमलाई सम्मानजनक स्कोरसम्म पुर्यायो।
रुकुमका बलरहरूले प्रभावशाली प्रदर्शन गर्दै कालिकोटलाई थोरै रनमै रोक्न सफल भए। तारा प्रसाद गिरिले ३ विकेट र युनिस बिक्रम सिंहले २ विकेट झारे।
अब रुकुमले १३० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गर्नेछ। खेलको थप अपडेटको लागि प्रतीक्षा गरौँ!

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार









प्रतिक्रिया दिनुहोस्