२०८३ बैशाख २२ गते मङ्गलवार

प्रधानमन्त्री कप क्रिकेट: प्रदेश स्तरीय छनोट आजदेखि सुरू।



सुर्खेत, प्रधानमन्त्री कप (पी.एम. कप) एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेश स्तरीय छनोट आजदेखि सुरू हुँदैछ। यस प्रतियोगितामा कालिकोट, सुर्खेत, दैलेख, सल्यान, र रुकुम जिल्लाका टिमहरू सहभागी हुनेछन्।

छनोट प्रतियोगिताको पहिलो खेल आज बिहान ११ बजे सुर्खेत र दैलेखबीच प्रतिस्पर्धा हुनेछ। कर्णाली क्रिकेट संघ (क्यान) का अनुसार छनोट प्रक्रियाबाट छानिएका उत्कृष्ट खेलाडीहरू आगामी संस्करणमा सहभागी हुने प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश बाट सहभागी हुने छन,

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आगामी संस्करण फागुन २५ देखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न खेलमैदानहरूमा आयोजना हुनेछ। यस अन्तर्गत सिद्धार्थ रंगशाला, एक्स्ट्राटेक ओभल क्रिकेट मैदान, र लमही क्रिकेट मैदानमा खेलहरू सञ्चालन हुनेछन्।

यो प्रतियोगिताले नेपाली क्रिकेटमा नयाँ प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार