२०८३ बैशाख २२ गते मङ्गलवार

महाबैमा दुई दिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न ।



महाबै, कालिकोट – महाबै गाउँपालिकामा दुई दिने विशेषज्ञ स्वास्थ्य सेवा शिविर भव्य रूपमा सम्पन्न भएको छ। उक्त शिविरमार्फत ६६९ जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

शिविर जिल्ला स्वास्थ्य कार्यालय कालिकोट, महाबै गाउँपालिकाको स्वास्थ्य शाखा, महाबै आधारभूत अस्पताल, ODA फाउन्डेसन र प्रदिया फाउन्डेसनको सहकार्यमा सञ्चालन गरिएको थियो। शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले विभिन्न रोगहरूको परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरेका थिए।

स्थानीय बासिन्दाहरूले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका छन्। दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी आयोजना गरिएको यो शिविरले विशेषगरी वृद्धवृद्धा, महिला, बालबालिका तथा दीर्घरोगीहरूलाई ठूलो राहत मिलाएको छ।

शिविर सफल बनाउन अहोरात्र खटिएका चिकित्सक टोली, स्वास्थ्यकर्मी, स्वयंसेवक, तथा सहयोगी संस्थाहरूलाई आयोजकहरूले विशेष धन्यवाद दिएका छन्। साथै, भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार