२०८३ बैशाख २१ गते सोमवार

नेपाललाई म्यानमारको अर्को झट्का, उपाधि सपना चकनाचुर



काठमाडौं – दशरथ रंगशालामा १५ हजारभन्दा बढी दर्शकमाझ नेपालले म्यानमारसँग २-० को हार बेहोर्दै उपाधि गुमायो। पहिलो हाफमा नेपालले दबाब बनाए पनि गोल गर्न सकेन। दोस्रो हाफमा म्यानमारले खेल आफ्नो पक्षमा मोड्दै दुई मिनेटको अन्तरमा दुई गोल गर्यो।

६२औं मिनेटमा यु पेर खिनेले पहिलो गोल गरे, भने ६४औं मिनेटमा कप्तान विन थेङ्गी तुनको प्रहार रश्मी घिसिङलाई लागेर दोस्रो गोलमा परिणत भयो। नेपालले केहि अवसर पाए पनि गोल गर्न असफल रह्यो।

यो हारसँगै नेपालले म्यानमारसँग चौथो पटक पराजय भोग्यो। फिफा वरियतामा १०३औं स्थानमा रहेको नेपाल अझै पहिलो अन्तर्राष्ट्रिय उपाधिको प्रतीक्षामा छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार