काठमाडौ- नेपाल र म्यानमारले लगातार दुई खेल जित्दै फाइनलमा आमनेसामने हुने पक्का गरेका छन्। बिहीवार नेपालले लेबनानलाई १-० ले पराजित गर्दै उपाधि दौडमा स्थान सुरक्षित गर्यो।
नेपालको जितमा निर्णायक गोल सावित्रा भण्डारी ‘साम्बा’ले पहिलो हाफमै गरिन्, जसले टोलीलाई फाइनलसम्म पुर्याउन पर्याप्त रह्यो।
यसअघि, म्यानमारले पहिलो खेलमा कीर्गिस्तानलाई एकतरफी ५-० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलको टिकेट काटिसकेको थियो।
आइतवार लिगको अन्तिम दिन, दिउँसो २ बजे लेबनान र कीर्गिस्तान आमनेसामने हुनेछन् भने साँझ ६ बजे नेपाल र म्यानमार उपाधि भिडन्तमा आमनेसामने हुनेछन्। 
प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार









प्रतिक्रिया दिनुहोस्