२०८३ बैशाख २२ गते मङ्गलवार

भारतले च्याम्पियन्स ट्रफी २०२५ को उपाधि जित्यो।



दुबई, च्याम्पियन्स ट्रफी २०२५ – भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। यस जितसँगै भारत सर्वाधिक ३ पटक च्याम्पियन्स ट्रफी जित्ने पहिलो टोली बनेको छ।

दुबई इन्टरनेशनल स्टेडियममा २५२ रनको लक्ष्य पछ्याउँदै भारतले ४९ ओभरमा ६ विकेटको क्षतिमा जित निकालेको हो। ओपनिङ ब्याट्सम्यान रोहित शर्मा (७६) र शुभमन गिल (३१) ले १०५ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाउँदै २५१ रनको स्कोर बनाएको थियो। न्युजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक ६३ रनको योगदान दिए भने माइकल ब्रेसवेल ५३ रनमा अविजित रहे।

बलिङतर्फ भारतका कुलदीप यादव र वरूण चक्रवर्तीले २-२ विकेट लिए।

यसअघि भारतले सन् २००२ मा श्रीलङ्कासँग संयुक्त रूपमा च्याम्पियन्स ट्रफी जितेको थियो भने २०१३ मा दोस्रो पटक उपाधि जितेको थियो।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार