सुर्खेत -सुर्खेतमा जारी प्रधानमन्त्री कप (पी.एम. कप) एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेश स्तरीय छनोट अन्तर्गत दोस्रो दिन कालिकोटले सल्यानलाई ४१ रनले पराजित गर्दै सानदार जित दर्ता गरेको छ।
कालिकोटको मजबुत ब्याटिङ प्रदर्शन
टस जितेर कालिकोटले पहिले ब्याटिङ गर्ने निर्णय लियो। पहिलो इनिङ्समा कालिकोटले १४७ रनको लक्ष्य प्रस्तुत गर्यो। कमल बिष्टले सर्वाधिक ४५ रन बनाउँदै टिमलाई राम्रो सुरुवात दिलाए। अभिषेक बम र आर्यन रावलले समान २७ रन बनाए भने नबिन न्यौपानेले १६ रनको योगदान दिए। बलिङतर्फ सल्यानका बिक्रम रोक र मदन खत्रीले समान २/२ विकेट लिए।
सल्यानको कमजोर जवाफ
१५४ रनको लक्ष्य पछ्याउने क्रममा सल्यानका कुनै पनि प्रमुख ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन्। बलर बिक्रम रोकाले सर्वाधिक ३७ रन बनाए, तर अन्य ब्याट्सम्यान टिक्न नसक्दा सल्यान १०५ रनमै अलआउट हुन पुग्यो।
कालिकोटका बलरहरूको प्रभावशाली प्रदर्शन
कालिकोटका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गरे। सुमित बुढाथोकीले ४ विकेट लिए, नबिन न्यौपानेले ३, पवन संज्यालले २ तथा सुनिल साहिले १ विकेट हात पारे।
यो जितसँगै कालिकोटले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति जनाएको छ भने सल्यानको लागि पुनरागमन गर्ने चुनौती थपिएको छ।










प्रतिक्रिया दिनुहोस्