कमल बिष्ट – ०२ असार २०८२, कालिकोट ।
कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–०५ का अन्दाजी २५ वर्षीय राजेन्द्र बहादुर सहकारी दार बोक्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका छन्।
घटनापछि तत्काल खबर प्राप्त भएलगत्तै गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको सक्रिय पहलमा उद्धार प्रक्रिया सुरु गरिएको थियो। अध्यक्ष बिष्टको समन्वयमा जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखहरूको सहयोगमा घाइते सहकारीलाई तत्काल उद्दार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ (सुर्खेत) पठाइएको हो।
गाउँपालिकाले निःशुल्क हेलिकप्टर चार्टर गरी राजेन्द्रको उद्धार गरेको जनाइएको छ।
अध्यक्ष बिष्टले उद्धार कार्यमा सहकार्य गर्ने प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
प्रकाशित मिति : २०८२ असार २ गते सोमवार









प्रतिक्रिया दिनुहोस्