२०८३ बैशाख २२ गते मङ्गलवार

१०औं राष्ट्रिय खेलकुद जेठ ३ देखि सुरुहुने संकेतमा ।



काठमाडौं । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा हुने संकेत देखिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को बिहीबार बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो । बैठकमा सहभागी एक सदस्यका अनुसार प्रतियोगिता जेठ ३ देखि १० गते गरिने निर्णय बैठकले गरेको छ।
पूर्ण निर्धारित तालिका अनुसार प्रतियोगिता गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना भइसक्नुपर्ने थियो। तर, विभिन्न बहाना बनाउँदै प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने भनिएको थियो। तर, उक्त समयमा पनि नहुने भएपछि नयाँ मिति घोषणा गरिएको हो। कर्णाली प्रदेशले पहिलोपल्ट प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी लिएको हो।

यसका लागि सरकारले प्रतियोगिताका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। प्रदेश सरकारले पनि झन्डै दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर खेलकुद पूर्वाधार निर्माण गरिसकेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार