२०८३ बैशाख २२ गते मङ्गलवार

कालिकोट जिल्लामा टी-20 क्रीकेट आयोजना हुँदै ।




माघ -१३
कालिकोट, जिल्ला क्रिकेट संघले यही महिनाको माघ १६ गते देखि १९ गते सम्म प्रथम कालिकोट जिल्लामा खुल्ला T-20 क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रधानमन्त्री कप (PM CUP) लाई लक्षित गरेर कालिकोट जिल्लाको प्रादेशिक टिम तयार गर्न यो आयोजना गर्न लागिएको हो । खेलाडीलाई प्रोत्साहन स्वरूप प्रथम पुरस्कार राषी २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पनि दिने कालिकोट CAN ले जानकारी दिएको छ । यसैगरी उप-विजेतालाई १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने छ भने क्यानको नियमानुसार कालिकोटको क्रीकेट क्रेज बढाउन र थप मर्‍यादित बनाउन प्लेयर अफ द म्याच ५ सय, प्लेयर अफ द सेरिज २ हजार र इमर्जिङ प्लेयर लाई १५०० दिने घोषणा गरेको छ । माघ १६ गतेबाट संचालन हुने प्रतियोगिता ४ दिन सम्म निरन्तर चल्नेछ भने उक्त आयोजना कालिकोट जिल्लाको सदरमुकाम मान्ममा रहेको श्री पञ्चदेवल माध्यामिक बिधालयको प्राङ्गणमा खेल हुनेछ ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार