२०८३ बैशाख २२ गते मङ्गलवार

कालिकोट रास्कोटमा रैथाने बाली खरिद सम्बन्धि सम्झौता ।



माघ-७ कालिकोट,
जिल्लाको रास्कोट नगरपालिका र खाद्यान्न बिक्री तथा रैथाने बाली खरिद सम्बन्धि सम्झौता आज सम्पन्न भएको छ ।
बिशेषगरी रास्कोट नगरपालिका र आसपासमा रहेका पालिकालाई मध्यनजर गरि त्यहाँका जनतालाई सहज,सुलभ एवं नियमित रुपमा खाद्यान्न उपलब्ध गराउन रास्कोट नगरपालिकाको तर्फबाट नगर प्रमुख धर्मराज शाही (क.पोषण) र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड(साबिक नेपाल खाद्य संस्थान) कम्पनीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको गरेका छन् । सम्झौता अनुसार केहि दिनभित्रमा रास्कोट नगरपालिकाको मुकाम आरसिपि बजारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारी व्यवस्थापन सहित आफ्नो कार्यालय स्थापना गरी खाद्यान्नहरु चामल, दाल, तेल, चिनी आदि लगायतका खाद्यान्न उपलब्ध हुनेगरी बिक्री कार्यको थालनी गर्नेछ, कम्पनीले स्थानीय रैथाने बालीको त्यहाँका जनताका लागी खरिद र बिक्री समेत गर्ने नगरले बताएको छ । सम्झौताले स्थानीय जनताका लागि सुलभ मुल्यमा खाद्यान्न उपलब्ध हुनुका साथै स्थानीय रैथाने बालीहरुको उत्पादन र संरक्षणमा दीर्घकालीन रुपमा महत्त्वपूर्ण योगदान पुर्याउने छ ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार