पौष-२५ कालिकोट ।
कालिकोट जिल्ला पलाँता गाउँपालिका वडा न. ४ मा रहेको श्री कालिका माद्यामिक विधालयमा आमा अक्षयकोषको स्थापना गरिएको छ । हिजोमात्र सोही बिधालयले एउटा कार्यक्रमको आयोजना गरि युवा अगुवा एवं पलाँता गाउँपालिका प्रधानमन्त्री रोजगार संयोजक समेत रहेका जयमल बुढाको अगुवाइमा अक्षयकोषको स्थापना गरिएको हो । गरिब, जेहेन्दार, अपांग, असाह्य र सहिद परिवारका छोराछोरीलाई लक्षित गरि यो आमा अक्षयकोषको स्थापना गरिएको सोही वडाका वडा अध्यक्ष तिलकबहादुर बुढा बताउनुहुन्छ । हाम्रो जस्तो राज्यको पहुँचबाट सौतेनी व्यवहार गरिएको कर्णाली त्यसमा पनि अति बिकट पलाँताजस्तो पिछडिएको ठाउँमा यो एउटा नयाँ कार्यको शुभारम्भ भएको हामिलाई बिश्वास यसले बिद्यार्थीको भविस्यमा एउटा नयाँ इट्टा थप्ने छ । निम्नमाध्यमिक तह सामाजिक विषयमा भर्खरै मात्र कोशी प्रदेशबाट सिफारिस भएका बुढाको महत्त्वपूर्ण बिदाई कार्यक्रम रहेको बिधालय स्रोतले बताएको छ । १८ जना दाताबाट संकलन भएको १ लाख ८३ हजार रकम नबिल बैंकमा खाता खोलेर जम्मा गर्ने निर्णय गरिसकेको बताएको छ । सोही कार्यक्रम कै बिचमा बिधालयलाई जग्गा दान दिनेदाताहरु पनि रहेको बताइएको छ ।
जग्गादाताहरु आमा अक्षयकोषका संयोजक जयमल बुढा सोही बिधालयका प्रधानाध्यापक अधिराज बुढा र समाजसेवी जगत सिंहले जग्गा दान गर्नुभएको हो ।









प्रतिक्रिया दिनुहोस्