२०८३ बैशाख २२ गते मङ्गलवार

रास्कोट मेयर कप क्रीकेट प्रतियोगिताको उपाधी पलाँतालाई ।



कार्तिक १३। प्रथम रास्कोट मेयर कप क्रीकेटको उपाधी पलाँताले हात पारेको छ । खेलको सुरुवातीमा टस जितेको सान्नित्रीवेणी गाउँपालिकाको टिमले ब्याटिङ रोजेको थियो भने पलाँता फिल्डिङ गरिरहेको थियो । १६ ओभरको खेलमा ९ जना ब्याटिङमा थिए तर बलिङ गरेको पलाँताले ११.४ ओभरमै सान्नित्रीवेणिलाई अल आउट गरेर ५९ रन दिएको थियो । ६० रनको तार्गेट पाएको पलाँताले ९ ओभरमै ६१ रन बनाएर जित सहजै निकालेको थियो ! पलाँताका लक्ष्मण बम (लक्की) ले ५ विकेट लिएर खेल जित्न सहज भएको खेलाडिहरुको भनाइ छ । त्यसैगरी केबल बमले २ विकेट र ऐनराज बमले १ विकेट लिएर जित सहज भएको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक १३ गते मङ्गलवार