रास्कोट नगरपालिका, कालिकोट। मिति २०८२ साल पौष १० गते रास्कोट नगरपालिकाअन्तर्गत वडा नं. ६, ८ र ९ का नव–निर्मित वडा कार्यालय प्रशासनिक भवनहरू एकै कार्यक्रमका बीच उद्घाटन गरिएको छ। नगर प्रमुख धर्मराज शाही (पोषण), नगर उप–प्रमुख मनिराज बराल तथा प्रमुख प्रशासकीय अधिकृतद्वारा संयुक्त रूपमा भवनहरूको उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा सम्बन्धित वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, शाखा प्रमुखहरू, शिक्षकहरू, निर्माण व्यवसायी, स्थानीय बासिन्दा तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा दान गर्नु हुने जग्गाधनीहरूलाई नगरपालिकाले विशेष धन्यवाद व्यक्त गरेको छ। साथै, समयमै निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायी तथा भवन निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न सबैप्रति आभार व्यक्त गरिएको छ।
नव–निर्मित वडा कार्यालय भवन सञ्चालनमा आएपछि स्थानीय तहबाट प्रवाह गरिने सेवा अझ सहज, प्रभावकारी र व्यवस्थित हुने विश्वास रास्कोट नगरपालिकाले व्यक्त गरेको छ।









प्रतिक्रिया दिनुहोस्