२०८३ असार २५ गते बिहिवार

सुर्खेतमा सञ्चालन भएको बायोमेट्रिक नवीकरण शिविरबाट ६८ जनाले सेवा प्राप्त



धनकर्ण विश्वकर्मा,
सुर्खेत । कालीकोट–पलाँता गाउँपालिकाका बाहिर सुर्खेत, बाँके र कैलालीमा बसोबास गर्ने लाभग्राहीका लागि सुर्खेतमा सञ्चालन गरिएको बायोमेट्रिक नवीकरण शिविर आज अन्तिम दिनसम्म सफलतापूर्वक सम्पन्न भएको छ।

२०८२ साउन ३१ देखि भदौ २ गतेसम्म मंगलगढी–चोकस्थित होटेल भ्याली पोइन्ट–सुर्खेतमा सञ्चालन भइरहेको उक्त शिविरबाट पहिलो दिन करिब ३० जनाले सेवा प्राप्त गरेका थिए भने आज तेस्रोसम्म ३८ जनाले सेवा लिएपछि जम्मा ६८ जनाले सेवा प्राप्त गरेका छन्।

शिविरमा सहभागी लाभग्राहीहरूले समयमै सेवा पाएकोमा पञ्जिकरण शाखाका कर्मचारी लगायत स्थानीय सरकारलाई धन्यवाद दिदै खुशी व्यक्त गरेका छन् । आयोजक पलाँता गाउँपालिका, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाले बाँकी दिनमा अझ बढी लाभग्राहीलाई सहज र प्रभावकारी रूपमा सेवा दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २ गते सोमवार