२०८२ फाल्गुन २३ गते शनिवार

बाजुरामा बोलेरो दुर्घटना: दुई महिलाको घटनास्थलमै मृत्यु, १२ घाइते



बाजुरा-जिल्लाको हिमालिवडा–५ क्युडीबाट धुलाचौरतर्फ आउँदै गरेको ताजाकोट गाउँपालिका–शाही जी ट्राभल्सको बोलेरो (बा.प्र. ०३०००१ ज ०३३८ नं.) आज क्युडी गाउँ नजिकै टुनीगड भन्ने स्थानमा दुर्घटनामा परेको छ।

उक्त बोलेरो गाडी चालक ३० वर्षीय गौरी बुढा रहेको जनाइएको छ। दुर्घटनामा परी दुई जना महिलाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।
मृत्यु हुनेमा करिब ७५ वर्षीया बिजौरा रोकाया र ७३ वर्षीया बाचकला रोकाया रहेका छन्।

घटनामा करिब १२ जना यात्रु गम्भीर घाइते भएको जानकारी सवार एक यात्री सृजन चदारा मार्फत प्राप्त भएको छ। गाडीमा जम्मा २६ जना यात्रु सवार रहेको बताइएको छ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहिवार