सुर्खेत, साउन २८
नेकपा (माओवादी केन्द्र) का नेता तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट जिल्लाका विभिन्न बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
उहाँले प्रदेश अस्पताल, सुर्खेतमा उपचाररत नेकपा (माओवादी केन्द्र) कालिकोटका इन्चार्ज एवं पूर्व राष्ट्रिय सभा सदस्य क. जीवन बुढाका पिता मनरुप बुढाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। मनरुप बुढा हाल प्रदेश अस्पतालको भेन्टिलेटरमा उपचाररत हुनुहुन्छ।
त्यस्तै, केही दिनअघि सर्पको टोकाइका कारण १७ दिनसम्म ICU मा उपचार गरी हाल घरमै स्वास्थ्य लाभ गरिरहनु भएका पचालझरना गाउँपालिका निवासी नर सेजुवालको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिनुभएको छ। सेजुवालको स्वास्थ्यमा उल्लेखनीय सुधार देख्दा खुसी लागेको उहाँले बताउनुभएको छ।
त्यसैगरी, अहिले प्रदेश अस्पताल सुर्खेतमै उपचाररत पचालझरना निवासी निरु दर्जीको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिँदै शाहीले निरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ भने अस्पताल प्रशासनले आन्तरिक उपचारमा निःशुल्क सेवा प्रदान गरेकोमा उहाँले आभार व्यक्त गर्नुभएको थियो।
यसै क्रममा पचालझरना वडा नं. ४ निवासी बाचु न्यौपाने लडेर घाइते भई अस्पतालमा भर्ना भएको जानकारी प्राप्त भएको छ। उहाँको चाँडै शल्यक्रिया हुने तयारी रहेको र उहाँको समेत स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्नुभएको छ।
पूर्वमुख्यमन्त्री शाहीले सबै बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै आवश्यक समन्वयका लागि अस्पताल प्रशासनसँग समेत छलफल गर्नुभएको छ।









प्रतिक्रिया दिनुहोस्