२०८३ बैशाख २१ गते सोमवार

पलाँताबाट सुत्केरीलाई हेलिकप्टर मार्फत उद्वार ।



२४,माघ-कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा सुत्केरी व्यथा लागेर एक जना महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । विगत तीन देखी सुत्केरी व्यथा लागेर सुत्केरी हुन नसक्दा “राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलीकोप्टरबाट उद्वार गरेर सुर्खेत लागिएको हो । पलाँता गाउँपालिका, ७ फागोटीकी केस्पुरा बमलाई स्थानीय स्वास्थ्य संस्था, आधारभूत स्वास्थ्य सेवा केन्द्र दैनिकरमा उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि थप उपचारका लागि बमलाई नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको हो । बिगत तीन देखि व्यथा लागेर स्वास्थ्य संस्था आएकी बम सहज तरिकाले सुत्केरी हुने अवस्था नभएपछि थप सहजताका लागी सुर्खेत पठाइएको स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज भिम प्रसाद जैशीले बताएका छन् ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार