२०८३ बैशाख २२ गते मङ्गलवार

महावै आधारभूत अस्पताललाई एम्बुलेन्स हस्तान्तरण ।



कालिकोट । पौष २४,
कालिकोटको महावै गाउँपालिका आधारभूत अस्पताललाई कान्थारी फाउन्डेसन र ओदा फाउन्डेसनको साझेदारीमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । एक महत्त्वपूर्ण कार्यक्रमका बिच महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहलाई ओदा फाउन्डेसनका सह- संस्थापक करन सिहंले यो एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । महावै गाउँपालिकाका नागरिकलाई स्वास्थ्यमा सहज पहुँच र सुविधाका लागी यो एम्बुलेन्स हस्तान्तरण गरिएको Co-Founder, CEO करन सिंहले बताउनु भयो । सडकको प्रत्यक्ष पहुँचमा नरहेको महावै गाउँपालिकाले कर्णाली राजमार्गको सेराबाडाबाट भएपनि सदरमुकाम, प्रदेश राजधानी र संघीय राजधानीसम्म बिरामीलाई सहजता हुन्छ भन्ने आम नागरिकको बुझाइ छ । तर पालिका अध्यक्ष खेमबहादुर सिंह भन्नुहुन्छ, प्रत्यक्ष सडक संजाल पालिका संग नजोडिएका कारण हाम्रा नागरिकले आवस्यकता भन्दा दोब्बर भाडा तिरेर भएपनि कहिलेकाही गाडी नपाउने अवस्था थियो, तर अब त्यस्तो दुविधा टर्छ भन्ने लाग्छ । र सेराबाडा बेलिबृज तयार भैसकेको छ हामी छिटोछरितो सडक पालिका संग जोडेर आम नागरिकलाई सुबिधा दिने भनेर लागिपरेका छौँ ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार