२०८३ बैशाख २२ गते मङ्गलवार

स्काभेटर दुर्घटना : युवक मृत, वडा अध्यक्षको स्काभेटर दुर्घटनाग्रस्त



बाजुरा/कालिकोट सिमाक्षेत्र — स्काभेटर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।
हिजो बिहान ६:१८ बजे कालिकोटको पचालझरना र बाजुराको जगन्नाथ गाउँपालिका सिमाक्षेत्र लैफुमा सडक खन्ने क्रममा स्काभेटर करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनामा बाजुराको जगन्नाथ–६ का १८ वर्षीय महेश रावलको मृत्यु भएको हो। उनी दुर्घटनापछि बेपत्ता भएका थिए भने नेपाली सेना र नेपाल प्रहरीले खोजी गर्दा करिब ३०० मिटर तल मृत अवस्थामा फेला परेका हुन्।
उक्त स्काभेटर पलाँता गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष उमेश बमको रहेको बताइएको छ। दुर्घटना पछि चालक फरार रहेपनी हाल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। हाल उक्त सडक पुनः सञ्चालनमा आएको छ।

प्रकाशित मिति : २०८३ बैशाख १४ गते सोमवार