२०८२ फाल्गुन २४ गते आइतवार

अखिल क्रान्तिकारीका पूर्व विद्यार्थी नेताद्वारा पत्रकार आचार्यका परिवारलाई आर्थिक सहयोग



कालीकोट — अखिल क्रान्तिकारीका पूर्व विद्यार्थी नेता तथा नेकपा माओवादी केन्द्रका नेता, हाल खाडाचक्र नगरपालिका–४ का वडा अध्यक्ष समेत रहेका प्रभानन्द आचार्यले दिवंगत पत्रकार वीरेन्द्र आचार्यको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

वडा अध्यक्ष आचार्यले मंगलबार १३ औं दिनको पुण्यतिथिमा पत्रकार आचार्यको परिवारलाई आर्थिक सहयोगस्वरूप ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन्। पत्रकार आचार्यको सडक दुर्घटनामा निधन भएपछि परिवार आर्थिक र मानसिक रूपमा संकटमा परेको अवस्थामा गरिएको यस सहयोगलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।

प्रभानन्द आचार्यले दिवंगत पत्रकारको सम्झनामा आफूबाट सक्ने सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते बुधवार