कालीकोट —
सामान्यतया जन्मदिनको अवसरमा केक काट्ने, साथीभाइसँग रमाइलो गर्ने र भोज गर्ने परम्परा प्रचलनमा छ। तर, कालीकोटका युवा व्यवसायी पवन बमले आफ्नो जन्मदिन फरक तरिकाले मनाउँदै समाजमा सकारात्मक सन्देश दिएका छन्।
बमले आफ्नो जन्मदिनको अवसरमा जिल्लाको न्यानो काखमा रहेका अनाथ तथा असहाय बालबालिकासँग समय बिताउँदै उनीहरूलाई चामल, दाल, तरकारी, तेल लगायतका खाद्य सामग्री प्रदान गरे।
उक्त कार्यमार्फत उनले जन्मदिनको फजुल खर्च कटौती गर्दै सहयोगी भावना प्रदर्शन गरेका हुन्।
“जन्मदिन मनाउँदा केक काट्नेभन्दा पनि सहयोग गरेर मनाउन सके त्यो दिन सार्थक हुन्छ, बमले भने,सानाे सहयाेगले नै पनि कसैकाे मुहारमा खुशी देख्न पाएँ, यही नै मेरो सबैभन्दा ठुलो उपहार हो।”
बमको यस्तो कार्यबाट बालबालिकामात्र होइन, संस्थाका कर्मचारी र स्थानीय बासिन्दाहरू समेत प्रभावित भएका छन्।
न्यानो काखमा आश्रित बालबालिकाहरूले पहिलो पटक यस्तो प्रकारको सहयोग पाउँदा अनुहारभरि खुशी छरिएको देखिन्थ्यो।
पवन बमको यो सामाजिक उत्तरदायित्वले अन्य युवाहरूलाई पनि प्रेरणा दिएको छ ।









प्रतिक्रिया दिनुहोस्