२०८२ फाल्गुन २३ गते शनिवार

नेपालको सानदार जित, भुटान ८–० ले पराजित



काठमाडौ- दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपअन्तर्गत नेपालले भुटानविरुद्ध सानदार जित हासिल गरेको छ।

शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा सम्पन्न खेलमा नेपालले भुटानलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको हो। यसअघि पहिलो भेटमा पनि नेपालले भुटानलाई ६–१ ले हराएको थियो।

प्रतियोगिता डबल राउन्ड रोबिन आधारमा भइरहेको छ, जसमा आयोजक बंगलादेशसहित नेपाल, भुटान र श्रीलंका सहभागी छन्।

नेपालले श्रीलंकासँग दुई खेल खेलेको छ, जसमा दुवै खेल ७–० को जितसहित समाप्त भएको थियो। यस्तै, बंगलादेशविरुद्ध पहिलो खेलमा नेपाल ३–२ ले पराजित भएको थियो। नेपालले अब सोमबार बंगलादेशसँग पुनः खेल्नेछ।

हालसम्म नेपालले ६ खेलमा १२ अंक बटुलेको छ भने ३ खेल खेलेको आयोजक बंगलादेशको ९ अंक रहेको छ।

लिग चरण सम्पन्न भएपछि शीर्ष स्थानमा रहने टोली प्रतियोगिताको विजेता घोषित हुनेछ।

प्रकाशित मिति : २०८२ साउन ३ गते शनिवार