२०८३ बैशाख २२ गते मङ्गलवार

रास्कोट नगरपालिका द्वारा उत्कृष्ट तथा जेहेनदार विद्यार्थीहरूलाई पुरस्कार वितरण



{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

रास्कोट, कालिकोट — “हामी बनाउँछौं, हाम्रो नगर” भन्ने मुल नाराका साथ रास्कोट नगरपालिकाले शिक्षा क्षेत्रको प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले नगरभित्रका उत्कृष्ट विद्यार्थीहरू तथा विद्यालय बाहिर रहेका गरिब, जेहेनदार र विपन्न बालबालिकालाई सम्मान एवं शैक्षिक सामग्री वितरण गरेको छ।

२०७८ आषाढ २० गते नगर कार्यपालिकाको कार्यालयमा सम्पन्न कार्यक्रममा नगर प्रमुख धर्मराज शाही (पोषण) को प्रमुख अतिथ्यता र नगरका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमको बिशेष अतिथ्यता र प्रमुख खेम शाही वडाअध्यक्षहरू, शिक्षक तथा अभिभावकहरूको बिशेश उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता नगर प्रमुखको रहेको थियो भने शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि र वक्ताहरूले गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको बताएका थिए।

“उत्कृष्ट विद्यार्थी सम्मान तथा विद्यालय बाहिर रहेका बालबालिकाको शैक्षिक पहुँच सुनिश्चितता सम्बन्धी सहयोग कार्यक्रम”

यस कार्यक्रमअन्तर्गत कक्षा ५ र ८ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, पोशाक तथा शैक्षिक सामग्री प्रदान गरिएको थियो। साथै विद्यालय जान नपाएका वा छुटेका विपन्न बालबालिकालाई आवश्यक पोशाक, झोला, स्टेशनरी सामग्रीलगायतका सामग्री हस्तान्तरण गरियो।

नगर प्रमुखले कार्यक्रममा सम्बोधन गर्दै भने:
“शिक्षा सबैको अधिकार हो। हाम्रो नगरपालिका त्यस अधिकारलाई सुनिश्चित गर्न निरन्तर लागिपरेको छ। उत्कृष्ट विद्यार्थीलाई सम्मान र विपन्न बालबालिकालाई सहयोग मार्फत हामी शिक्षाको पहुँच सबैसम्म पु-याउने प्रयत्नमा छौं।”

कार्यक्रममा सहभागी शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले नगरपालिका र शिक्षा शाखाप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले शिक्षा क्षेत्रलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए। भने उक्त कार्यक्रम मार्फत ३ दर्जनको हाराहारीमा नगर सरकारले उत्कृष्ट विद्यार्थीलाई सम्मान र विपन्न बालबालिकालाई सहयोग गरेको हो ।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रवार