२०८३ बैशाख २२ गते मङ्गलवार

माओवादी केन्द्र निकट पलाँतामा शिक्षक संगठनको भेला सम्पन्न ।



पलाँता कालिकोट-नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन पलाताको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कर्णाली प्रदेश कमिटी सदस्य तथा निर्वाचन क्षेत्र (ख) का ईन्चार्ज मान वहादुर भण्डारीको प्रमुख आतिथ्यता र एकिकृत अखिल नेपाल शिक्षक संगठन कालीकोट जिल्ला अध्यक्ष कल बहादुर भण्डारी ‘ नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिटी सदस्य शक्ती भण्डारी पलाता उपाध्यक्ष देब विश्वकर्मा ‘ माओवादी केन्द्र पलाता पार्टी सचिव सर्जन बुढा ‘ कोषाध्यक्ष भिम प्रसाद न्यौपाने ‘ शिक्षक शहीद स्मृतीकेन्द्र जिल्ला अध्यक्ष नारायण सिंह बम ज्यू को विशेष आथितित्वमा नेपाल कम्युनिस्ट पार्टी वर्दगोरिया कैलाली जिल्ला सचिवलय सदस्य तथा माओवादी केन्द्र पलाताका संस्थापक विर बहादुर विश्वकर्मा अटल ycl सुप प्रदेश कमिटी सदस्य महेन्द्र प्याकुरेल पूर्व जिल्ला सचिब कृष्ण कामी को आथितित्वमा एक कार्यक्रममा विच भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जस भेलाको साभाध्यक्ष संगठन अध्यक्ष सर्जन प्याकुरेल ज्यू गर्नु भएको थियो उक्त कार्यक्रममा नेकपा माओवादीका केन्द्र पलाता ८ पूर्व पार्टी अध्यक्ष तथा एकिकृत अखिल नेपाल शिक्षक संगठन पलाता का सचिव तुलाराज रोकाया ज्यू स्वर्गिय बुवा लालसिंह रोकाया प्रति शोक तथा श्रन्दाजलि अर्पण गरेको छ । उक्त कार्यक्रम ले शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर रुपमा खटिने समेत निर्णय गरेको छ । स्थानिय सरकारलाई शैक्षिक सुधार तथा गापा अनुदानमा कार्यरत शिक्षक हरु लागी पोशक भत्ता दशै खर्च समेत उपलब्ध गराउन का लागी सरकार लाई माग पत्र समेत बुझाउन का लागी निर्णय गरेको थियो ।कार्यक्रम का प्रमुख तथा विशेष अतिथि ज्यू ले शिक्षक हरु लाई सुशासन मा लाग्न समेत निर्देशन गरेका छन भने उक्त कार्यक्रम को सञ्चालन धनकर्ण विश्वकर्माले गरेका थिए ।

प्रकाशित मिति : २०८२ असार १ गते आइतवार