चैत्र ४, पलाता
कर्णाली करिडोरको थिर्पु पारी खण्डमा काम गर्दै गरेका रङगनाथ सेजुवाल कर्णाली नदीमा खसेर बेपत्ता भएका छन्। घटनामा अन्य कर्मचारीहरूको सुरक्षा र उद्धार कार्य जारी रहेको छ।
स्थानीय स्रोतका अनुसार, मुगुका निवासी रङगनाथ सेजुवाल कामको क्रममा दुर्घटनामा परि कर्णाली नदीमा खसेका छन्। घटनाको जानकारी पाएपछि स्थानीय प्रशासन र उद्धार टोली घटनास्थलमा पुगेर खोजी कार्यमा सक्रिय छन्।
कर्णाली करिडोरको निर्माण कार्यमा हुने जोखिमपूर्ण अवस्थाले अघिल्ला दुर्घटनासँगै अहिले पनि सुरक्षा मापदण्डको पुनः मूल्यांकनको आवश्यकता देखिएको छ।
प्रकाशित मिति : २०८१ चैत्र ४ गते सोमवार









प्रतिक्रिया दिनुहोस्