२०८३ बैशाख २१ गते सोमवार

त्रिविले गर्‍यो स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक ।



काठमाडौं– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यपालिका सार्वजनिक गरेको छ । विश्वद्याविलयले शुक्रबार आगामी चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचनको कार्यपालिका सार्वजनिक गरेको हो ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले फागुन १९ गतेदेखि चैत ५ गतेसम्मको निर्वाचन कार्यपालिका बनाएको छ । तालिकामा फागुन १९ गते दिउँसो ३ बजेसम्म संघ/संगठन/समूह दर्ता गर्ने अन्तिम समय तोकिएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते मतदाता सूची प्रकाशित हुने, फागुन २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने र मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी बेलुकी ५ बजे अन्तिम नामावली प्रकाशित गरिने छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार