२०८३ बैशाख २२ गते मङ्गलवार

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्जहरू ।



२१ माघ, कालिकोट-:
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रले प्रदेश इन्चार्जहरू तोकेको छ । पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोक्ने निर्णय गरेको हो । उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार, काेशीमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज, मधेश प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमामा सचिव हितमान शाक्य, गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उप-महासचिव गिरिराजमणि पोखरेललाई इन्चार्ज तोकिएको छ ।
यस्तै, विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र एसियामा ओम शर्मा तोकिएका छन् । यसैगरी महासचिवभन्दा माथिका पदाधिकारीलाई भूगाेलकाे जिम्मेवारी नदिने नीतिअनुसार कार्यविभाजन गरिएकाे सापकाेटाले बताए । यसअघि उपाध्यक्ष सापकाेटा बागमती र युराेप अमेरिका प्रवास इन्चार्ज पम्फा भुसाल थिइन् । मधेश प्रदेशको इन्चार्ज रहेका लिलामणी पोखरेललाई हटाएर मात्रिका यादवलाई जिम्मेवारी दिइएको हो ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार