कालिकोट । कालीकोट जिल्ला पलाँता ५ खिन खेतगोडे बुवा परि कामी आमा काली कामीको कोखबाट पदम विश्वकर्मा क. शाहासी सी को मिति २०४० भाद्र १ गतेका दिन ६ दाजुभाइ र २ दिदि बहिनीको माइला सन्तानको रुपमा जन्म भयको थियो । ४१ वर्षको उमेरमा क. शाहासी सी को राजनिति जिवन र शैक्षिकमा कष्टपूर्ण,निष्ठावान, प्रतिवद्ध त्यागी क्रान्तिकारी सादा जिवन वितिरहेको पाइन्छ ।
पदम विश्वकर्मा (क. शाहासी सी) को राजनिति एवं सामाजिक जनसेवाको जिवन सगै-सँगै अगाडी बढेको पाइन्छ । २०५३ सालमा कर्णाली माध्यमिक विधालय खिन, खेतगोडेमा कक्षा ९ मा अध्यानरत क.साहसी नेकपा एमालेको अनेरास्ववियू विधालय इकाइ कमिटीबाट राजनीति यात्रा प्रारम्भ भएको थियो । उनि सदस्य २०५४ सालमा प्रोढ शिक्षाको साक्षरताको शिक्षक थिए । २०५६ सालमा नेकपा माओबादीको भातृ संगठन अनेरास्वयू क्रान्तिकारीको एरिया कमिटी सदस्य तथा विधालय इकाइ अध्यक्ष हुँदै नेपाल दलित मुक्ति मोर्चाको एरिया कमिटी
सदस्य, २०५७ साल जेष्ठ १० गते नेकपा माओवादीको पूर्णकालीन साथै भूमिगत २०५८ साल, नेपाल दलित मुक्ति मोर्चाको पलाता एरिया अध्यक्ष, जिल्ला सचिवालय सदस्य पार्टी गाँउ कमिटी सदस्य,२०५९ सालमा अछाम बाजुरा संगठन तथा विस्तार अभियानको सेक्सन कमाण्डरको रुपमा काम गरेको, २०६० साल दलित मुक्ति मोर्चाको दोस्रो जिल्ला सम्मेलनवाट सचिवमा निर्वाचित, सेति महाकाली साँस्कृतिक रुपान्त्रण वझाङ्ग जिल्लाको कमाण्डर, २०६१ साल कैलाली जिल्लाको दलित मक्ति मोर्चाको जिल्ला संयोजक, क्षेत्रिय सदस्य, कैलाली जिल्ला वर्षिया भमरा टापुको नेकपा माओवादीको एरिया सेक्रेटरी, २०६२ सालमा दलित मुक्ति मोर्चा राष्ट्रिय सम्मेलनको प्रतिनिधि, २०६३ सालमा नेकपा माओबादी भेरी कर्णाली व्युरो कार्यलय, नेपाल कम्युनिष्ट पार्टीको कार्यलयमा, २०६४ सालमा
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको जिल्ला सम्मेलनवाट निर्वाचत भयको नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य, २०६७ सालमा दलित वर्ग समन्वय समिति कालीकोट जिल्ला उपाध्यक्ष, स्थानिय विकास मन्त्रालयवाट मनोनित, २०६८ सालमा दलित एकिकृत समाज विकास सशक्तिकरण
कालीकोटको अध्यक्ष, २०६९ साल राष्ट्रिय दलित मुक्ति मोर्चा केन्द्रिय सदस्य तथा जिल्ला संयोजक साथै संयुक्त दलित संघर्ष समितिको कालीकोट जिल्लाको संयोजक, पलाता संघर्ष समितिको संयोजक पलाँता विकासी कामको लागी थुपै संघर्ष गरेको ०७१ सालमा भेरी कणर्णाली संयोजक, नेकपा-माओवादीको जिल्ला सचिवालय सदस्य तथा पलाता कमाण्डको इन्चार्ज, २०७३ सालमा २०७४ सालमा भेरी-कर्णाली जनप्रतिनिधी सभा सदस्य, तथा युवा विभाग संयोजक, जनपरिषदको सदस्य, २०७७ सालमा नेपाल कम्युनिष्ट पार्टी कालीकोट जिल्ला सचिवालय सदस्य तथा भेरी कणाली व्यरो सदस्य, २०७८ साल भाद्र १४ देखी १७ गते सम्मको चलेको चौथो जिल्ला सम्मेलनबाट कालीकोट जिल्ला सेक्रेटरीमा निर्वाचित, २०७९ साल स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदारको रुपमा लडेको, २०८१ साल मंसिर २६ गते नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य जस्ता पार्टी, क्रान्ति, देश र जनताको मुक्तिको निमित्त पदिय जिम्मेवारी कार्यकुशलल्ता गरेका हुन् । उनको शैक्षिक योग्यता विएड रनिङ, शिक्षक निमावि तह अध्यापन अनुमति पत्र प्राप्त, साथै सामाजिक कार्यमा खिन पर्यटकिय रोड, पलाता खानेपानी, पलाताका दरवन्दीको पहल, विधालय भवन, कम्प्युटर शिक्षा, दुर्सी फागोटी लघु जलविधुत र बाजुरा हिमाली केही विधालयको मावि तथा उमावीमा राहात जस्ता कार्य गरेको पाइन्छ । सामाजिक न्याय, पिडितलाई न्याय र पैरवी गर्ने उनको मुख्य उदेश्य हो । विभिन्न घटनाका मानीसहरुको उदार राहात जस्ता, जटील र कठिन सामाजिक कार्य गरेको पनि पाइन्छ । जनचेतनाका लागी विभिन्न लेख रचना कोरना संसदिय निर्वाचन खारेजी, खारेजी दलित उत्पीडनका चौघेर, भ्रष्टचार जस्ता विषयमा प्रकासन जस्ता कार्यहरु गरेको पनि पाइन्छ ।









प्रतिक्रिया दिनुहोस्