मंसिर २४, रास्कोट नगरपालिकाकाे आयोजना, रुइत फाउन्डेसन काठमाणडौंको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी र सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग एवं रास्कोट अस्पतालको समन्वयमा आज नगरपालिकाको नगर अस्पतालमा नि:शुल्क मोतिविन्दुको शल्यक्रिया नगर प्रमुख धर्मराज शाहीले उद्घाटन गरेका छन् । आजबाट उद्घाटन गरिएको नि:शुल्क मोतियाविन्दु शल्यक्रिया आँखा शिविर दुई दिनसम्म चल्नेछ भने उद्घाटन गरेकै दिन अर्थात आज ४८ जनाले सेवा लिएका छन् । यो शिविरबाट नगरपालिकाका दुइसय देखि तिनसयसम्म नागरिकले सेवा लिने आँकलन गरिएको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर २४ गते सोमवार









प्रतिक्रिया दिनुहोस्