२०८३ बैशाख २ गते बुधवार

कालीकोटमा एम्बुलेन्स दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते



कालीकोट — जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाडाचक्र नगरपालिका २ मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
हिमा गाउँपालिका, जुम्लाबाट छुटेको क.प्र.०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनामा ज्यान गुमाउनेमा जुम्ला हिमा गाउँपालिका–६ का भिमराज अधिकारी र हिमा–७ का शक्ति शाही रहेका छन्। दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा परी सोही पालिकाका लोकेन्द्र शाही र कलबहादुर अधिकारी घाइते भएका छन्। घाइतेहरूको अवस्था थप गम्भीर रहेको बताइएको छ । साथै घाइतेहरुको उपचार जिल्ला अस्पताल कालिकोटमा भैरहेको छ।
दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २६ गते बिहिवार