जारकोट, पचालझरना —
पचालझरना गाउँपालिका–४, जारकोटस्थित कर्णाली नदीमा नुहाउने क्रममा एक १५ वर्षीय युवा बेपत्ता भएका छन्। नरहरिनाथ गाउँपालिका–१, कोटबाडा निवासी बिराज बिष्ट (विश्व) आइतबार दिउँसो आफन्तकहाँ भेटघाट गर्न पचालझरना आएका साथीहरूसँग कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्।
प्रत्यक्षदर्शीका अनुसार बिराज नुहाउँदै गर्दा अचानक गहिरो पानीमा पसेपछि बेपत्ता भएका थिए। घटनापछि स्थानीयवासी, प्रहरी र स्थानीय युवाहरूको सक्रिय सहकार्यमा खोजी कार्य सुरु गरिएको छ।
हालसम्म बिराज फेला परेका छैनन्। खोजी कार्य जारी रहेको पचालझरना गाउँपालिकाले जनाएको छ।
प्रकाशित मिति : २०८२ बैशाख २६ गते शुक्रवार









प्रतिक्रिया दिनुहोस्