२०८२ फाल्गुन २४ गते आइतवार

युवा नेतृ लक्ष्मीकन्या बुढाको “संकल्प यात्रा” विमोचन ।




माघ-१६ काठमाडौ ।
नेकपा (माओवादी केन्द्र)का युवानेतृ तथा अब्बल क्रान्तिकारी लेकिका लक्ष्मीकन्या बुढा (क.प्रतिक्षा)द्वारा लिखित पुस्तक ‘संकल्प यात्रा’ विमोचन गरिएको छ । समाजवादी मोर्चा नेपालद्वारा आज प्रज्ञा भवन कमलादी काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभारः विचार गोष्ठी’ कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पुष्पकमल दाहाल (प्रचण्ड), नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले संयुक्तरुपमा “संकल्प यात्रा पुस्तक विमोचन गर्नुभएको हो । अनुभूति संस्मरण पुस्तक ‘संकल्प यात्रा’ विमोचन गर्दै अध्यक्ष प्रचण्डले कर्णालीको विकट भूगोलमा जन्मेर मुलुकको व्यवस्था परिवर्तनका लागि आफ्नो उर्जाशील जीवन संघर्ष र आन्दोलनमा बिताउनुभएकी लेखिका बुढाले सामाजिक न्याय र समानताका पक्षमा कलम चलाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तकबाट नेपाली समाज विकास र रुपान्तरणमा मात्र सहयोग त पुग्ने नै छ साथै आन्दोलनमा नेपाली महिलाको योगदान र इतिहासको समेत दस्ताबेजीकरण हुनेछ ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले सानै उमेरमा जनयुद्धमा होमिएकी कर्णालीको छोरीले संघर्ष र आन्दोलनको मर्मलाई पुस्तकमार्फत उल्लेख गर्नु सह्रानीय काम भएको बताउनुभयो । लेखिका बुढाले माओवादी आन्दोलनले नेपालको उत्पीडित जाति, लिंग, वर्ग र क्षेत्रलाई सामाजिक न्याय र समानता दिलाउन खेलेको भूमिका तथा आफैपनि समकालीन युद्धमा लागेर आजको व्यवस्था ल्याउन गरेको योगदान, समर्पणका साथै यात्रा निर्वाध अगाडि बढाउने संकल्प गर्नुले नेपाली महिला नेतृत्वको क्षमता विकास भएको बताउँदै प्रवक्ता प्रकाण्डले उहाँको थप प्रगतिको कामना गर्नुभयो । लेखिका बुढाले न्याय र समानतासहित सुन्दर एवं सभ्य समाज स्थापनाका लागि सामुहिक स्वार्थमा जीवन समर्पण गरिएको र त्यसको उद्देश्य पुरा नहुन्जेल यात्रा निरन्तर रहने ‘संकल्प यात्रा’ पुस्तकको मुख्य सार रहेको बताउनुभयो । १७६ पेजको उहाँको यो पाँचौ कृति हो । यस अघि बुढाले चारवटा पुस्तक प्रकाशन गरिसक्नुभएको छ ।

साथसाथै मंगलबार आयोजित समाजवादी मोर्चा नेपालद्वारा आयोजित राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विषयक विचार सभामा उहाँले भन्नु भयो ‘हामी जागरुक हुनैपर्छ, संविधानमा भएका जनताका अधिकारहरु खोस्न लागिएको छ । राष्ट्रिय स्वाधीनता र सन्तुलित परराष्ट्रनीति छैन, अप्राकृतिक अलोकतान्त्रिक सरकार बनेको छ । यो प्रतिगमनको फेरी पनि खतरा छ । अब समाजवादी मोर्चा देशको राजनीतिक विकल्पको रुपमा अगाडि जानु पर्छ ।’
उहाँले प्रतिगामी यथास्थितिवादी शक्तिका विरुद्ध अग्रगामी निकास दिन विचार मिलेसम्म एउटै केन्द्र बनाउने र नभए हाललाई समाजवादी मोर्चाको माध्यमबाट जनतालाई विकल्प दिनु पर्ने बताउनु भयो ।
‘रणनैतिक दृष्टिकोणमा एउटै केन्द्र बनाउनु पर्छ, विचार मिल्नेहरुको एकता र धुव्रीकरण ढिलो गरौ भन्ने पक्षमा पनि म छैन र हतार गरेर छिटो गरौ भन्नेमा पनि म छैन,तर धेरै ढिलो चाहि गर्नु हुदैन’उहाँले भन्नु भयो, ‘हामी एक हौं, देशको राजनीतिप्रति चिन्तितहरुलाई विकल्प दिउँ, त्यो भनेको समाजवादी मोर्चा हो । समाजवादी मोर्चाको विकल्पमा अघि बढन म अपिल गर्दछु । भन्नुभएको थियोे ।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार