२०८३ बैशाख २ गते बुधवार

पलाँता गाउँपालिकाको करोडौँ लगानीमा प्रशासनिक भवन बन्दै



कालिकोट — पलाँता गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय रानीबिसौना कालिकोटले प्रशासनिक भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। गाउँपालिकाले राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया अन्तर्गत योग्य निर्माण कम्पनीहरूलाई ई–बिड प्रणालीमार्फत प्रस्ताव पेश गर्न आग्रह गरेको हो।
गाउँपालिकाले प्रकाशित गरेको सूचनाअनुसार रानीबिसौनामा निर्माण हुने प्रशासनिक भवनका लागि ठेक्का नम्बर PRM/KKT/W/NCB/2082/083–01 तोकिएको छ। बोलपत्रदाताको न्यूनतम औसत वार्षिक निर्माण कारोबार ५ करोड ४१ लाख रुपैयाँ हुनुपर्ने उल्लेख गरिएको छ। साथै समान प्रकृतिको कम्तीमा २ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको एक भवन निर्माण अनुभव आवश्यक पर्नेछ।
बोलपत्र पेश गर्दा २१ लाख ६० हजार रुपैयाँ बराबरको बिड सुरक्षा राख्नुपर्ने र त्यसको वैधता अवधि १२० दिन रहने जनाइएको छ।

इच्छुक कम्पनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको e-GP प्रणालीमार्फत बोलपत्र कागजात डाउनलोड गरी आवेदन दिन सक्नेछन्। प्रि–बिड बैठक २०८२ चैत १९ गते दिउँसो १ बजे गाउँपालिकाको कार्यालयमा हुने तथा बोलपत्र २०८२ चैत २७ गते दिउँसो २ बजे खोलिने गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ५ गते बिहिवार